अझै सँगसँगैu} बाइबलको समानताको संक्षिप्त व्याख्या ज्यानेट जर्ज
अनुवादक - प्रिय राज आचार्य
बाइबलको समानताको लागि क्रिस्तानहरू www.cbeinternational.org This resource provided in 2018 by PUBLISH4ALL info@publish4all.com
धर्मशास्त्रका सम्पूर्ण उद्धरणहरू पवीत्र बाइबल, नयाँ अन्तर्राष्ट्रिय संस्करण®, NIV® प्रतिलिपि® अधिकार © 1973, 1978, 1984, 2011 बिब्लिका, इं क™ बाट लिइएका छन ्। अनुमति लिएर प्रयोग गरिएको। विश्वव्यापी सर्वाधिकार सुरक्षित अझै सँ ग सँ गै : बाइबलको समानताको सं क् षिप्त व्याख्या प्रतिलिपि अधिकार ज्याने ट जर्ज © 2012 अनु व ादक - प्रिय राज आचार्य बाइबलको समानताको लागि क्रिस्तानहरूद्वारा प्रकाशित 122 W Franklin Ave, Suite 218 Minneapolis, MN 55404-2451 www.cbeinternational.org अझै सँ ग सँ गै : बाइबलको समानताको सं क् षिप्त व्याख्या प्रतिलिपि अधिकार ज्याने ट जर्ज © 2009 बाइबलको समानताको लागि क्रिस्तानहरूद्वारा प्रकाशित ISBN-13: 978-0-9743031-4-7
Attribution-NoDerivs (http://creativecommons.org/licenses/by-nd/4.0/) CC BY-ND You are free to: Share—copy and redistribute the material in any medium or format for any purpose, even commercially. Under the following terms: Attribution—You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use. NoDerivatives—if you remix, transform, or build upon the material, you may not distribute the modified material. For permission to translate, send inquiry to: Christians for Biblical Equality, 122 W Franklin Ave, Suite 218, Minneapolis, MN 55404-2451 or cbe@cbeinternational.org
विषय सूची परिचय............................................................................ 1 प्रारम्भ उत्पत्ति............................................................................. 3 पतन................................................................................ 5 बाइबलको समानता ख्रिस्टमा एक................................................................... 7 ये येशू तथा स्त्रीहरू शू तथा स्त्रीहरू.............................. 13 आध्यात्मिक उपहार वा गुण......................................... 17 बाइबलमा स्त्रीहरू........................................................... 20 प्रारम्भिक गिर्जाघरको मुश्किल मौनता........................................................................... 21 अधिकार तथा उपदे श.................................................... 23 सर्वश्रेष्ठता....................................................................... 27 अधीनता........................................................................ 32 निष्कर्ष.......................................................................... 34 CBE को आस्थाबारे भनाइहरू...................................... 36 एन्डनोट......................................................................... 38
परिचय कलेजमा मलाई कलेजका विद्यार्थीहरूका लागि एउटा साप्ताहिक कार्यक्रममा एउटा
कार्यशाला सञ्चालन गर्ने अनुरोध गरिएको थियो। मैले मेरो केटा-सथीलाई यो कुरा सुनाएपछि बाइबलमा स्त्रीले पुरुषहरूलाई पढाउनु हुँदैन भन्ने कुरा उल्लेख छ भन्दै उसले मलाई यसो नगर्ने सुझाव दियो। त्यसैले, मैले अस्वीकार गरेँ । हामीले
धर्मशास्त्रलाई जस्तो बुझेका थियौँ त्यसै अनुसार आज्ञाकारी बन्न मात्र चाहन्थ्यौँ। म
पछि कार्यशालामा उपस्थित भएँ र मेरो साटो आउने एकजना असल मानिस भएपनि प्रभावकारी शिक्षक भने थिएनन ्। मलाई याद छ म त्यहाँ बसेर सोच्दै थिएँ, “यो कुरा
पक्कै पनि उचित छ जस्तो लाग्दैन!” केटा-सथीसँग के भयो जान्न चाहनुहुन्छ?
मैले उसँग विवाह गरेँ ! बाँकी कहानी यस प्रकार छ:
बाइबलमा घर र गिर्जाघरमा सानो-ठू लो पद अनुसार चल्नुपर्छ भन्ने सिकाइएको छ
भन्ने सोचाइका साथै म्याट र मेरो 1978 मा विवाह भयो। अर्थात ् नेततृ ्व गर्ने र
निर्णय लिने काम पुरुषले गर्नु पर्छ। हामीले परमेश्वरले पुरुषलाई स्त्री भन्दा बढ्ता महत्व दिएको भन्ने सोचेको होइन, तर उनीहरूको आ-आफ्नो निश्चित भूमिकाहरू
छन ् भन्ने सोचेको हो। वर्ष बित्दै जाँदा, हामीले बाइबललाई बुझेको र हाम्रो आफ्नै अनुभवहरू माझ बढ्दो द्वन्द उत्पन्न हुँदै गएको जस्तो लाग्यो।
त्यसपछि हामीले एउटा अलग अवधारणा सहित ज्ञानको भण्डार पत्ता लगायौँ।
एग्यालिटरियन ् (वा समानतावादी) को विश्वास छ बाइबलमा सम्पूर्ण विश्वासकर्ताहरू
माझ मौलिक समानताको पाठ सिकाइन्छ, जो स्वतंत्र रूपमा परमेश्वरद्वारा दिइएको आफ्नो उपहार वा गुणहरू घरमा, गिर्जाघरमा र समाजमा उपयोग गर्न सक्छन ्। यसको अर्थ मण्डलीको सम्पूर्ण पदहरू उपहार वा गुण र क्षमतामा आधारित हुनुपर्छ , अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
1
न कि लिङ्गमा। साथै घर भनेको एउटा परस्पर अधीनता, प्रोत्साहन तथा नेततृ ्वको
ठाउँ हुनुपर्छ ।
तर हामीले पुरुष तथा स्त्रीहरूलाई सानो-ठू लोको दृष्टिकोणले सीमित तुल्याएको दे ख्दै
आएका छौँ। अस्ति मात्र म एउटा क्रिस्तान पुस्तक पशलमा गएको थिएँ जहाँ
स्त्रीहरूको खण्डमा चकलेट, व्यायाम तथा सजावटका विषयमा पुस्तकहरू राखिएका थिए। र पुरुषहरूको खण्डमा नेततृ ्व, वित्त तथा वर्तमान घटनाहरू सम्बन्धी पुस्तकहरू
थिए। यसले हाम्रा छोरा-छोरीहरूमा कस्तो खाले सन्देश दिन्छ? म्याट र म एउटा
विवाहमा उपस्थित थियौँ जहाँ अधीनताको अर्थ स्वास्नीले आफ्नो लोग्नेले भनेको, गलत नै भएपनि सबै कुराहरू मान्नु पर्छ भनिएको थियो। र हामी धार्मिक काम
गर्ने एउटा यस्तो जोडीलाई चिन्दछौँ जसको आर्थिक सहयोग खारे ज गरिएको थियो
किनकी उनीहरू दव ै ना पढाउने गर्थे। ु ज
के तपाईँलाई थाहा छ… • पावलले बाइबलमा “घरको मुखिया” भन्ने शब्दको प्रयोग गरेका छै नन ्।
• धर्मशास्त्रमा भनिएको छ हामी एक-अर्काको अधीन हुनपर्छ ु , मात्र स्त्रीहरू
• पुरुषको होइन। उत्पत्तिमा स्त्रीको विवरणमा प्रयोग गरिएको शब्द “सहयोगी” नै परमेश्वरको वरन ्ण गर्न पनि प्रयोग गरिएको थियो।
लौ अब सत्यको पत्ता लगाऔं ता कि हामी सबै सँ ग सँ गै हाम्रो प्रभु ये शू क ो से व ा गर्न सकौँ!
2
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
उत्पत्ति बाइबलको भनाइ अनुसार स्त्रीहरूको सृष्टि आफ्ना लोग्नेको सहयोगी बन्न भएको हो। तव पुरुषहरूको सृष्टि साहसी नेता बन्न भएको होइन त? पुरुष तथा स्त्रीहरूको सृष्टि एक-अर्काको साथीका रूपमा, परमेश्वरको राज्यमा बराबरको दायित्व निभाउन भएको हो।
त्यसपछि परमेश्वरले भन्नुभयो, “लौ अब मानव जातिलाई हाम्रो आकृ ति, हाम्रै जस्तो बनाउँ , ता कि उनीहरू समुद्रको माछा र आकाशको चरा, पशु र सबै जङ्गली जन्तुहरू, साथै जमिनमा हिँ ड्ने सम्पूर्ण प्राणीहरूमाथि शासन गर्न सकुन।” ् र परमेश्वरले मानव जातिलाई उहाँको आफ्नै आकृ तिमा सृष्टि गर्नुभयो, परमेश्वरकै आकृ तिमा उहाँले बनाउनुभयो; र नर तथा नारिको सृष्टि गर्नुभयो। परमेश्वरले उनीहरूलाई आशिष ् दिएर भन्नुभयो, “फलदायक बन र सङ्ख्या बढाउ; पृथ्वी ढाक्नु र यसमाथि अधीन जमाउ। समुद्रको माछा र आकाशको चरा, र जमिनमा हिँ ड्ने सम्पूर्ण जीवित प्राणीहरूमाथि शासन गर्नु।” (उत्पत्ति 1:26-28, जोड दिइएको)। यहाँ दई ु वटा प्रस्ट अधिकारको तहहरू दे खिएका छन ्: सम्पूर्ण उत्पत्तिमाथि परमेश्वरको
अधिकार, तथा पृथ्वी र प्राणीमाथि स्त्री र पुरुषको संयक्त ु अधिकार। आरम्भ दे खि,
स्त्रीहरूमाथि अधिकार राख्ने पुरुषको कुनै उद्देश्य थिएन। उनीहरू सँगै मिलेर आफ्ना
सन्तानहरू जन्माउनु र हुर्काउनु र पृथ्बीमाथि प्रभुत्व जमाउनु थियो—र यही नै साहसीक कार्य हो!
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
3
प्रभु परमेश्वरले भन्नुभयो, “पुरुष एक्लो हुनु उचित भएन। म उसको लागि एकजना उपयुक्त सहयोगी बनाउनेछु ” (उत्पत्ति 2:18, जोड दिइएको)। स्त्रीहरूको रचना पुरुषको सेवा गर्न र उसैको अधीनस्थ भएर बस्न भएको हो भन्दै
“सहयोगी” वा “इजर” शब्दको अर्थ व्यापक रूपमा गलत तरिकाले लगाइयो। लिन्डा
बेलभि े ले यसरी बुझाउँ छिन ्: “पुरानो नियममा ‘इजर’ शब्दको अन्य ठाउँ मा उनाइस ्
पटक भएको उल्लेखबाट यसको अर्थ कुनै तागतवरले कुनै खाँचोमा परे कोलाई
सहायता गर्ने बुझिन्छ, जस्तै, परमेश्वर, राजा, कुनै मित्र वा कुनै सेनाबाट सहायता।
अझ, उनाइस ् मध्ये पन्ध्र पटक परमेश्वरले मात्र प्रदान गर्न सक्ने सहायताको कुरा गरिएको छ” (1)। एक उदाहरण यस्तो छ:
मैले मेरो आँखा उचालेर पहाडमा पुर्र्याएँ—मैले कहाँबाट सहायता पाउँ छु? मलाई प्रभु अर्थात ् स्वर्ग तथा पृथ्बीको निर्माताबाट सहायता आउँ छ (भजन सङ्ग्रह 121:1-2)। “उपयुक्त” वा “नेगदो” भन्ने शब्दको अर्थ परस्पर, समान वा समरूप भन्ने बुझिन्छ।
एकजना “उसको लागि उपयुक्त सहयोगी” भन्नाले उसँग हरे क प्रकारले सङ्गत गर्ने साथी हो! स्त्रीलाई आदमको साथ रहन र परमेश्वरले उनीहरूलाई दिएको लक्ष पूरा गर्न सक्ने क्षमताका साथ सृष्टि गरिएको हो। परमेश्वरले पुरुष तथा स्त्रीहरूलाई समान
एक-अर्काको साथीका रूपमा रचना गर्नुभयो, जसको उद्देश्य सँगसँगै काम गर्नु थियो। भनिन्छ “शक्तिले भ्रष्ट बनाउन खोज्छ; परम शक्तिले परम रूपमा भ्रष्ट बनाउँ छ।” एकजना (पुरुष) लाई यस्तो नेततृ ्व पदमा राख्नु खतरनाक हुन्छ जुन आफूले आर्जन गरेको हुँदैन
र अनुत्तरदायी हुन्छ। परमेश्वरलाई यो कुरा थाहा थियो—त्यसैले नै उहाँको योजनामा एक-अर्काको साझेदारी थियो, सानो-ठूलोको भेद थिएन। परमेश्वरको उद्देश्य भने लोग्ने/
स्वास्नीको सम्बन्ध भित्र एउटा स्वस्थ परस्पर उत्तरदायित्व कायम राख्नु थियो। यसबाट
हटे र शक्ति तथा अधिकारमा सानो-ठूलोको दृष्टिकोण लगाउँ दा दख ु द मौखिक तथा शारीरिक दर्व्य ू योजना मै अडिग बनौं। ु वहारको स्थिति उत्पन्न हुन सक्छ। मल
4
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
पतन धेरै संस्कृतिमा, पुरुषहरूको भूमिका प्रबल दे खिन्छ। के यो परमेश्वरले पुरुषलाई यस्तै प्रकारले सृष्टि गरे को कारणले नै हो? पुरुष प्राधान्य भनेको पतनको स्राप हो, जसमाथि विजय पाउनु पर्छ, यसलाई अङ्गाल्नु होइन।
उहाँले स्त्रीलाई भन्नुभयो,“म तिम्रो प्रसव पीडा अत्यन्त कठोर बनाउनेछु; निकै कष्ट पूर्ण व्यथा लिएर तिमीले सन्तानलाई जन्म दिनेछौ। तिम्रो चाहना तिम्रो लोग्नेका लागि हुनेछ, र उसले तिमीमाथि शासन गर्नेछ।” आदमलाई उहाँले भन्नुभयो, “तिमीले आफ्नी स्वास्नीको कुरा सुनेर मैले ‘तिमीले यसको फल नखानु,’ भनेर आदे श दिएको रुखको फल खाएको कारणले, “तिम्रै कारण जमिन स्रापित बन्न पुगेको छ; तिम्रो सम्पूर्ण जीवन भरि कठिन परिश्रम गरे र तिमीले यसबाट उब्जेको खानेकुरा खानु पर्छ। यसले तिम्रो लागि काँडा तथा तिखो झार उमार्नेछ, र तिमीले जमिनको वनस्पति खानेछौ। तिमीले यसै जमिनमा पुनः लुप्त नहुन्जेल पसिना बगाएर मात्र खानेछौ, किनकी यसैबाट तिम्रो सृजना भएको हो; किनकी तिमी माटो हौ र माटो मै मिल्नेछौ।” (उत्पत्ति 3:16-19a, जोड दिइएको)। स्त्री र पुरुष दव ु ै पतनका भागीदार थिए। उनीहरूले पापलाई रोजेको हुनाले यी परिणामहरू उत्पन्न भएको हो: प्रतिकूल वातावरण, प्रसव पीडा तथा पुरुष प्राधान्य।
हामी कसरी बाँच्नु पर्छ भनेर यी निर्देशहरू होइनन ्, तर संसारमा पापको प्रवेश भएर दे खा परे को दषु ्परिणामहरू हुन ्। जमिनको तिखो झारलाई फ्याँके झैँ, लोग्नेले
स्वास्नीमाथि शासन गर्ने काममा पनि विजय पाउनु पर्छ, यसलाई अङ्गाल्नु हुँदैन! अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
5
बेलेभिले वर्णन गर्छिन ्, “दै विक उद्देश्य भने एक-अर्काको साझेदारी—पृथ्वीमाथि सह-
प्रभुत्व, सन्तान जन्माउने र हुर्काउने काममा सह-दायित्व, र जमिनको खनजोत
गर्न सह-कर्तव्यको थियो। एकमाथि अर्कोको प्रभुत्व यसको उद्देश्य थिएन…[यो त] परमेश्वरको आज्ञाको उल्लंघन गर्दा आएको सम्बन्धित खराबी हो” (2)। हामीले अझैपनि सँगसँगै काम गर्नुपर्छ।
6
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
ख्रिस्टमा एक परमेश्वर हरे कलाई माया गर्नुहुन्छ र कदर गर्नुहुन्छ, तर के पुरुष तथा स्त्रीहरूका भूमिकाहरू फरक छै नन ्? जिम्मेवारी भनेको उपहार वा गुण, क्षमता तथा अनुभवका आधारमा तय हुनु पर्छ, तर लिङ्गको आधारमा होइन।
यहाँ कुनै यहुदी पनि छै न गैर यहुदी पनि छै न, दास पनि छै न मुक्त पनि
छै न, न त कुनै नर तथा नारि नै छ, किनकी तिमी सबै ख्रिस्ट येशूमा एउटै हौ। (गलाती 3:28).
कोही मानिसहरू भन्छन ् यो श्लोकमा पुरुष तथा स्त्रीहरूलाई समान रूपमा माया
गरिने, महत्व दिइने र रक्षा गरिने (समान अस्तित्व), तर उनीहरूको काम फरक छ
(असमान भूमिका) भनिएको छ।
भूमिकाहरूमा अधीनताको उदाहरणहरू दे खिन्छन ्, जस्तै शिक्षक/विद्यार्थी वा
रोजगारदाता/कर्मचारी। तर यी कार्यहरू क्षमतामा आधारित हुन्छन ्, र यी अस्थायी हुन ्। विद्यार्थी कक्षामा अधीनस्थ हुन्छ र यो शिक्षकको क्षमताको कारणले मात्र हो,
तर यो अस्थायी हुन्छ। यदि शिक्षक कुनै भोजनालयमा काम गर्छन ् जसको मालिक
विद्यार्थी हो भने, भूमिका उल्टो हुनेछ। परिस्थिति तथा योग्यताका आधारमा,
भूमिका निरन्तर परिवर्तन भइ रहन्छ।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
7
रे बेका मेरिल ग्रुथियसले बताए अनुसार नारि अधीनता, क्षमताका आधारमा नभएर
नारि भएको कारणले मात्र हो। र यो अस्थायी पनि होइन—उनी यसबाट बाहिर
निस्कन कहिल्यै पनि सक्दिनन ्। यसरी भूमिकाको असमानताबाट अस्तित्वको असमानतामा कुरा पुगेको छ। उनको क्षमता जति नै भएपनि एकजना स्त्री भने
प्रत्येक परिस्थितिमा पुरुष कै अधिकारमा बस्नुपर्छ र, उनलाई समान महत्व
दिइएको छ भनेर सँगसँगै भन्नु तर्क सँगत छै न (3)।
र यो पनि याद राख्नु पर्छ कि यो श्लोकमा पुरुष तथा स्त्रीहरूका विषयमा मात्र
कुरा भएको छै न। भूमिकाहरूको निर्धारण जात वा वर्गका आधारमा हुनुपर्छ भनेर भनिएको कल्पना गर्नुहोस ् त!
पावलले हामी सबै एकैनाश र कुनै हिसाबमा “लिङ्गले नछुटिने” हौँ भनेका छै नन ्।
यस श्लोक अनुसार जात, वर्ग, तथा लिङ्ग, जो सबै समान छन ्, सबै ख्रिस्टको
कार्यका लागि असान्दर्भिक छन ्। नयाँ नियमको कतिपय श्लोकहरूमा सम्पूर्ण विश्वासकर्ताहरू अस्तित्व तथा काममा बराबर हुन्छन ् भन्ने कुराको पुष्टि गरिएको छ: यूहन्ना 17:20-23; रोमी 12:4-5; 1 कोरिन्थी 12:12-14; एफेसी 4:4-8, 11-13.
भत्के को संसारमा गिर्जाघरले एकताको स्थापना गर्नै पर्छ। कुनैपनि प्रकारले स्त्रीहरू पुरुष भन्दा “कम” छन ् भनेर सङ्के त गर्ने कुनै पनि शब्द, भावना, वा नीतिले
परमेश्वरले गर्ने बराबर मायाबारे हाम्रो उदाहरणमा बाधा उत्पन्न गर्दछ।
पुरानो नियम अनुसार, पुरुषहरू मात्र पादरी थिए, त्यसो भए के लोग्नेहरू पादरी, अथवा घरको आध्यात्मिक नेता भएनन ् त? प्रत्येकको परमेश्वरप्रति समान पहुँच र समान जिम्मेवारी रहन्छ।
8
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
यसो भएपनि, प्रभुको नजरमा स्त्री पुरुषबाट स्वतंत्र हुँदैनन ्, न त पुरुष स्त्रीबाट स्वतंत्र हुन्छन ्। किनकी स्त्री पुरुषबाट बनिएको जस्तै, पुरुष पनि स्त्रीबाट बनिएको हो। तर हरे क कुरा परमेश्वरबाट आउँ छ। (1 कोरिन्थी 11:11-12). आजको समाजमा, स्त्री तथा पुरुषहरू बराबर योग्य र सोचेर निर्णय गर्न सक्ने
छन ्। कुनै बुद्धिमानी स्त्रीबाट उनको सोच्ने क्षमताको प्रयोग गर्ने अधिकार खोस्नाले
उनी स्वयं तथा वरिपरिका सबैको मान घट्छ। परमेश्वरको चाहना भने, शुरुमा झैँ, एक-अर्काका साथमा परस्पर अधिकार र समुदायमाथि गरिने निर्णयहरू हो। हामीले
सँगसँगै काम गर्नुपर्छ।
यस्तो समय पनि आउनेछ जब कुनै छलफलहरू समाधान नहुने अवस्थामा पुग्छ।
यहाँ गिल्बर्ट बिलेजिकियानले मतभेद भएमा समाधान गर्ने केही उपायहरू सुझाव गरे का छन ् (क्रम अनुसार नहुन पनि सक्छ): 1. परमेश्वरबाट मार्गदर्शन लिनु।
2. एक-अर्काको अधीन हुने प्रयास गर्नु, अर्कोको कुरा सुन्ने, आदर गर्ने र दयाको भावना दे खाउने गर्नु।
3. विवादको विषयमा व्यक्तिगत आध्यात्मिक उपहार वा गुण, प्राकृ तिक सीप तथा विशेषज्ञताको उपयोग गर्नु।
4. सम्झौता गर्नु।
5. अन्य भरोसा मन्द तथा अनुभव प्राप्त व्यक्तिहरूको परामर्श लिनु। 6. बाइबल सम्बन्धी सिद्धान्तहरूको परिभाषा दिनु। 7. राम्रो र नराम्रो पक्षहरू पत्ता लगाउनुहोस ्।
8. जुन मानिसको गल्ती बढी हुन्छ निर्णयमा पनि उसले धेरै बोल्न पाउनु पर्छ भन्ने विचार गर्नु (4)।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
9
परमेश्वर हाम्रा पिता हुनह ु ु न्छ र येशू एक पुरुष हुनह ु ु न्थ्यो, के यसै कारण पुरुषहरू आध्यात्मिक नेता हुनु पर्दैन? परमे श्व र पु रु ष होइन। परमे श्व र त एउटा आत्मा हो, जसको आकृ ति पु रु ष तथा स्त्रीहरू द ुवै म ा प्रतिबिम्बित भएको छ।
तर तपाईँ चुनिएको मानिस हुनुहुन्छ, एक साही पादरी, एउटा पवित्र दे श, परमेश्वरको विशेष अंश, ता कि तपाईँ उसको प्रशंसा गर्नुहोस ् जसले तपाईँलाई अध्याँरोबाट यो सु-मधुर प्रकाश तर्फ डोर्र्याएको हो (1 पत्रूस 2:9, जोड दिइएको)। धर्मशास्त्रमा यस्तो कुनै कुरा उल्लेख छै न जसले लोग्ने नै घरको पादरी हो भन्ने
सङ्के त गर्छ। यो कुरालाई यो भन्दा बढ्ता जोड दिएर भन्ने ठाउँ छै न—ख्रिस्टका
माध्यमबाट सबैले परमेश्वरमा समान पहुँच तथा दायित्व पाएका छन ्! यूहन्ना
फेलानले भने अनुसार “मन्दीरको पर्दा अब दई ु भागमा च्यातिएको छ र अब सबै
मानिसहरूले परमेश्वरमा पहुँच पाउँ छन ्। परमेश्वरका सम्पूर्ण मानिसहरू पादरीहरू हुन ्। परमेश्वरका सम्पूर्ण मानिसहरू पवीत्र छन ्। परमेश्वरका सम्पूर्ण मानिसहरूमा
आत्मा हुन्छ” (5)।
निर्णय गर्नका लागि कुनै व्यक्ति अधिकार सम्पन्न हुनुपर्छ । के पुरुषले यसो गर्दा स्वाभाविक लाग्दैन र? उत्तरदायित्व कायम राख्न, र ज्ञान तथा अनुभवको फाइदा लिन, निर्णय मिलेर गर्नु पर्छ।
10
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
“पिता” भन्ने शब्द परमेश्वरलाई जनाउन प्रयोग गरिने धेरैवटा शब्दरूप मध्ये एक
हो जसको अर्थ हो यस्तो व्यक्ति जसले, त्यस दिन, उत्तराधिकार तथा संरक्षण
प्रदान गरे को हो। परमेश्वर पुरुष होइन। परमेश्वर आत्मा (यूहन्ना 4:24) हो। स्त्री
तथा पुरुष दव ु ैलाई परमेश्वरको आकृ तिमा बनाइएको हो र यिनीहरूले समान रूपमा
परमेश्वरको प्रतिबिम्बित गर्छन ्। मिमि हद्दद भन्छन ्, “यदि हामीले परमेश्वर नर हो, जुन मूर्ति रूपमा छ, र हामीले परमेश्वरलाई हाम्रो आकृ तिमा बनाएका हौँ भनेर
भनि रहे मा, सो कुरा धर्मशास्त्रको विपरीत हुनेछ” (6)।
येशू पुरुषको रूपमा आउनुभयो किनकी उहाँले यहूदीहरूको पूजास्थलमा उपदे श
दिन जरुरी थियो, जहाँ त्यस समय स्त्री प्रतिबन्धित थिए। ख्रिस्ट हाम्रा मुक्तिदाता हुनुभयो मानव जस्तो दे खिने परमेश्वरको रूपमा— पुरुषको रूपमा होइन।
हामीले परम्परागत भूमिकाको पालन नगरे र परिवारलाई टु क्र्याउँ दै छौँ भन्ने मानिसहरूलाई तपाईँ के उत्तर दिनुहुन्छ? बाइबलको समानताको पालन गर्ने घर भए परिवार मात्र बलियो बन्छ।
एकजनालाई मात्र जित्न सकिन्छ, तर दई ु जनाले आफ्नो बचाउ गर्न सक्छन ्। तीनवटा बुनेर बनाएको डोरीलाई सहजै चुटाउन सकिँदै न।(इक्लेसियात 4:12)। यदि तपाईँले एउटा मात्र पनि धागो हटाउनु भयो भने, यसबाट डोरी बलियो हुँदैन। एउटा साँचो स्वस्थ सम्बन्ध भनेको परस्पर सम्मानद्वारा स्थापित हुने सम्बन्ध
हो। परिवारका लागि के राम्रो हुन्छ त्यसमा माता-पिता दव ै ो साझा निर्णय तथा ु क दायित्व हुने कुरामा सहमति भएमा, यसबाट सन्तानका लागि लाभ दोबर हुनछ े ।
उनीहरूको जीवनबारे परमेश्वरको इच्छा अनुसार गर्नाले बच्चाहरू परिवारमा कम अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
11
सम्मानित वा कम प्राथमिकतामा पर्नु पर्छ भन्ने होइन। बरु, घरमा पूरा समय होस ् अथवा घर बाहिर वा दव ु ै ठाउँ मा होस ्, दव ु ै माता-पिताले एक-अर्कामा र उनीहरूको काममा इच्छा अनुसार सहयोग गर्नु एउटा असल उदाहरण हुनछ े ।
तेस्रो धागो भनेको येशू ख्रिस्ट हुनह ु ु न्छ, जो घरको प्रभु हो। जहाँ ख्रिस्टलाई सम्मान
गरिन्छ र प्रत्क ये लाई आदर गरिन्छ, त्यहाँ प्रेमको बास हुन्छ।
याद राख्नुहोस ्, घरमा आमा वा बाबु नभएको धेरै उदाहरणहरू छन ्। यी
परिस्थितिहरूमा, एक्लो आमा वा बाबुले एकनास नबद्लिने भूमिका निभाउनु
उचित हुँदैन। पूर्ण ख्रिस्टको समझ तथा सहयोगबाट यी परिवारहरूले बल प्राप्त
गर्दछन ्।
12
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
येशू तथा स्त्रीहरू येशूले किन कुनैपनि स्त्रीहरू चेलाहरूलाई रोज्नु भएन? यहुदी पुरुषहरू रोज्नुभयो किनकी उक्त समय उनीहरूले नै लक्ष पूरा गर्न सक्थे। अहिले, सबैलाई महान उद्देश्य पूरा गर्न बोलाईन्छ।
उहाँले आफूसँग बस्न सक्ने बाह्र जनालाई नियुक्त गर्नुभयो जसलाई उहाँले धर्म प्रचार गर्न पठाउन र शैतानलाई भगाउने अधिकार प्रदान गर्न सक्नु हुन्थ्यो (मर्कू स 3:14-15)। रिचार्ड तथा क्याथरिन क्रोगर व्याख्या गर्छन ्, “येशूसँग वास्तवमा एक स्त्रीहरूको
समूह थियो जो मण्डलीमा सामेल थिए र उहाँको धर्म प्रचारमा उहाँको साथ
हुन्थे। तर कुनै सार्वजनिक धर्म प्रचार तथा रोग उपचारमा उनीहरूलाई पठाउनु
भने असम्भव हुनेथ्यो। तहूदी विद्वानहरूलाई सार्वजनिक रूपमा कहिल्यै पनि
स्त्रीहरूसँग, आफ्नै स्वास्नी नै भएपनि बोल्ने अनुमति थिएन। यसले पापप्रति
उक्साउने हुनाले, न त उनीहरूलाई परमेश्वरको कुराबारे स्त्रीसँग छलफल गर्ने अनुमति दिइएको थियो, …येशूलाई पूरत ्ण या थाहा थियो कि यस्ता धारणामा
परिवर्तन ल्याउन सक्नु भन्दा पहिला पापीहरूलाई परमेश्वरको मार्गमा लगाउनु
जरुरी छ” (7)।
यो पनि ध्यान राख्नु पर्छ कि त्यहाँ कुनै अन्य जातिका चेलाहरू थिएनन ्। तसर्थ, अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
13
यदि चेलाहरू गिर्जाघर नेततृ ्वको आदर्श हुन ् भने, के सबै गैर-यहुदी पुरुषहरू पनि अलग भएनन ् त?
के स्त्रीहरू येशूको मण्डलीमा संलग्न थिए? येशूको स्त्रीहरूप्रतिको सम्मान र मण्डलीमा उनीहरूको सहभागितालाई सुधारमूखी ठहराउन सकिन्छ!
एकजना स्त्री चेला यस पश्चात, येशू एक सहरबाट अर्कोमा भ्रमण गर्दै परमेश्वरको राज्यबारे सुसमाचार घोषणा गर्नुभयो। बाह्र जना उहाँसग ं ै थिए, साथै दष्ट ु आत्मा तथा रोगबाट मुक्त गरिएका केही स्त्रीहरू पनि थिए: मरियम (मग्दलिनी भनिने) जसबाट सात शैतानहरू उत्पत्ति भएका थिए; जोयाना जो छुजाको स्वास्नी हो, हे रोदको घरको दे खरे ख गर्ने; सुजान्ना; र अन्य धेरैजना। यी स्त्रीहरूले आफ्नै स्रोत साधनद्वारा उनीहरूलाई सहायता पुर्र्याउँ दै थिए (लक ू ास 8:1-3, जोड दिइएको)। स्त्रीहरूलाई सार्वजनिक भेलामा गन्ती पनि गरिँ दैन थियो, तर येशूले उनीहरूको सहयोग र आर्थिक सहयोगलाई स्वागत जनाउनुभयो। येशू स्त्रीहरूलाई उपदे श दिनुहुन्छ येशू तथा उहाँको चेलाहरू आफ्नो बाटो हिँ ड्दै गर्दा, उहाँ एउटा गाउँ मा आइ पुग्नुभयो जहाँ एकजना मार्था भन्ने स्त्रीले उनीहरूका लागि आफ्नो घरको ढोका खोलिन ्। उनको एकजना बहिनी मरियम थिइ, जो प्रभुको चरणमा बसेर उहाँको कुराहरू सुन्दै थिइ। तर सबै कुराहरू तयार गर्नु पर्ने कारणले मार्थाले समय पाउँ दिन थिइ। उ उहाँको नजिक आएर सोधि, “प्रभु, के तपाईँलाई कुनै परवाह छै न मेरो दिदीले सबै काम मलाई छाडे र गइ? मलाई मद्दत गर्नु भनेर उसलाई भन्नुहोस ्!” “मार्था, मार्था,” प्रभुले जवाफ
14
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
दिनुभयो, “तिमी यस्ता धेरै कुराहरूबारे चिन्तित र दख ु ी बनेको छौ, तर थोरै मात्र वस्तुहरूको जरुरत छ—वा वास्तवमा एउटा मात्र। मरियमले के राम्रो हुन्छ त्यो रोजेको हो, र यो कुरा उनकोबाट खोसेर लान सकिँदै न” (लूकास 10:38-42)। येशूको पालामा स्त्रीहरू धेरैजसो शिक्षाबाट वञ्चित थिए। तथापि, जब मरियम
येशूको चरणमा चेला भइन, उसको शिक्षा पाउने अधिकारको उहाँले रक्षा गर्नुभयो।
याद राख्नुहोस ्, धेरैले प्रयास गरे पनि येशूले “यो उनकोबाट खोसेर लान सकिँदै न,” र उसले रोजेको हो भनेका छन ्।
एकजना स्त्री प्रचारक उति नै खेर उहाँको चेला फर्के र आए र उहाँलाई एकजना स्त्रीसँग कुरा गर्दै गरे को दे खरे अचम्म भए। तर कसैले पनि सोधेनन ्, “तपाईँ के चाहनुहुन्छ?” अथवा “तपाईँ किन उनीसँग कुरा गर्दै हुनह ु ु न्छ?” र, उनको पानीको जग त्यहाँ छाडे र, स्त्री सहर फर्के र गइन र मानिसहरूलाई भनिन ्, “आउ, एउटा यस्तो मानिससँग भेट गर जसले मैले गरे को प्रत्क ये कुराहरूबारे मलाई बताउनुभयो। के यो मशिह हुन सक्छ?” उनीहरू सहरबाट निस्के र आए र उहाँ भएको ठाउँ मा पुग… े स्त्रीको वयान “उहाँले मैले गरे को प्रत्क ये कुराहरूबारे मलाई बताउनुभयो” को कारणले सहरका धेरैजसो असल मानिसहरूले उहाँमाथि विश्वास गरे का थिए (यूहन्ना 4:27-30, 39)। स्त्रीहरूलाई सार्वजनिक स्थलमा मनाइ थियो र यसले गर्दा पापप्रति उक्सिन्छ भन्ने
दृष्टिकोणले हे रिन्थ्यो, तर एउटा कुवामा एकजना तुच्छ स्त्रीसँग बोलेर येशूले आफ्ना
चेलाहरूलाई छक्क पार्नुभयो। अभिलेख अनुसार यो नै येशूको सबभन्दा लामो वार्ता थियो। त्यसपछि उहाँले उक्त स्त्रीलाई उनको सहरको लागि एउटा प्रचारक बन्न प्रोत्साहन गर्नुभयो। उनको गवाहीको कारणले, धेरैजना येशूमा विश्वास गर्न थाले।
येशूले प्राथमिकता निर्धारण गर्नुहुन्छ येशल ू े यी कुराहरू भन्दै गर्दा, भीडबाट एकजना स्त्री चिच्याइन, “तिमीलाई जन्म दिने र हुर्काउने आमालाई आशिष ् छ।” उहाँले जवाफ दिनुभयो, “आशिष ् अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
15
त उनीहरूमा छ जो परमेश्वरको उपदे श सुन्छन ् र यसको आज्ञा पालन गर्छन ्” (लूकास 11:27-28)। स्त्रीहरूलाई मुखिया रूपमा बच्चा जन्माउने भनेर मात्र महत्व दिइन्थ्यो, तर येशूले
भन्नुभयो चेला बन्नु अत्यन्त महत्वपूर्ण कुरा हो।
स्त्रीहरूले चेलाहरूलाई पुनरउत्थानबारे उपदे श दिन्छन ् तसर्थ स्त्रीहरू चिहानबाट, डराएको भएपनि आनन्दमा डु बेर, हतार हतार बाहिर आए र उहाँको चेलालाई सुनाउन दगुरेर गए। हठात येशल ू े उनीहरूलाई भेट्नुभयो। “नमस्ते,” उहाँले भन्नुभयो। उनीहरू उहाँ नजिक आए, उहाँको खुट्टा समातेर पूजा गर्न थाले। त्यसपछि येशल ू े उनीहरूलाई भन्नुभयो, “नडराउ। गएर मेरा भाइहरूलाई गालीलमा जानु भन; त्यहाँ उनीहरूले मलाई भेट्छन ्” (मत्ती 28:810)। एकजना स्त्रीको वयान अदालतमा स्वीकार भएन, तर येशूले आफ्नो पुनरउत्थानको गवाही दिन र अरूलाई बताउन दई ु जना स्त्री रोज्नुभयो।
येशूले कहिल्यै पनि स्त्रीहरूलाई अधीनमा राख्नु भन्ने सिकाउनु भएन। उहाँ त पतनको प्रभावलाई उल्टाउन आउनु भएको हो, र स्त्रीप्रतिको उहाँको धारणामा यो
दे खिन्छ। येशूले स्त्रीहरूलाई पाप तथा दरु ाग्रहबाट रक्षा गर्नुभयो, र उनीहरूलाई मुक्ति दिनुभयो!
16
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
आध्यात्मिक उपहार वा गुण परमेश्वरले विश्वासकर्ताहरूलाई आध्यात्मिक उपहार वा गुण प्रदान गर्नुहुन्छ, तर के यी पुरुष तथा स्त्रीहरूका लागि फरक छै न? परमेश्वरले खाँचो अनुसार आध्यात्मिक उपहार वा गुण प्रदान गर्नुहुन्छ; उपहार वा गुणहरू कहिल्यै पनि लिङ्ग अनुसार भाग लाग्दैन।
...यै कुरा भविष्यवक्ता जोएलले भन्नुभएको छ: “अन्तिम दिनहरूमा, परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमा मेरो आत्मा बाँड्नेछु। तिम्रा छोरा-छोरीहरू भविष्यवाणी गर्नेछन,् तिम्रा जवान मानिसहरूले कल्पना गर्नेछन ्, तिम्रा बूढापाकाहरू सपना दे ख्नेछन ्। मेरो सेवकहरू भएपनि, दव ु ै पुरुष तथा स्त्रीहरूमा, म आउने दिनमा मेरो आत्मा प्रदान गर्नेछु, र उनीहरू भविष्यवाणी गर्नेछन ्” (प्रेरित 2:16-18, जोड दिइएको)। र अब प्रत्येकलाई आत्माको प्रादर्भा ु व साझा भलाईका लागि प्रदान गरिएको हो…यी सबै उही एकै आत्माको काम हो, र उहाँले सोचे जस्तै, उहाँले यो प्रत्येकलाई बाँड्नु हुन्छ (1 कोरिन्थी 12:7, 11, जोड दिइएको)। हामीले अलग अलग उपहार वा गुण पाएका छौँ, हामी प्रत्येकलाई दिइएको अनुग्रहका आधारमा। यदि तपाईँले भविष्यवाणी गर्ने उपहार वा गुण पाउनु भएको छ भने, आफ्नो आस्था अनुसार भविष्यवाणी गर्नुहोस ्; यदि सेवा गर्ने हो भने, सेवा गर्नुहोस ्; उपदे श दिने हो भने, उपदे श दिनुहोस ्; यदि अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
17
प्रोत्साहन गर्ने हो भने, प्रोत्साहन दिनुहोस ्; यदि दान दिने हो भने, उदार भएर दिनुहोस ्; यदि नेततृ ्व गर्ने हो भने, इमानदार भएर यसो गर्नुहोस ्; यदि दया गर्ने हो भने, खुशी भएर गर्नुहोस ् (रोमी 12:6-8)। तपाईँहरू प्रत्येकले आफूले पाएको उपहार वा गुण अरूलाई सेवा गर्न प्रयोग गर्नु पर्छ, परमेश्वरको भरोसा मन्द सेवकहरूले विविध रूपमा अनुग्रह गरे झैँ (1 पत्रूस 4:10, जोड दिइएको)। नयाँ नियममा जहाँ पनि उपहार वा गुणबारे उल्लेख भएको छ, त्यहाँ लिङ्गको
भेदभाव भएको कुनै सङ्के त छै न, अधिकार सीमित गर्ने उपहार वा गुण नै भएपनि।
यसबाट सु-समाचारको काममा निकै बाधा पुग्छ किनकी आधा जति मानिसहरू उपहार वा गुणप्राप्तका रूपमा स्वतंत्र सेवा गर्नबाट वञ्चित हुन्छन ्।
येशल ू े मत्ती 9:37-38 मा भन्नु भएको छ “...उब्जनी प्रशस्त छ तर काम गर्ने थोरै
छन ्। त्यसैले फसलको प्रभुलाई भन्नुहोस ्, उहाँको फसल भएको ठाउँ मा कामदारहरू पठाइदिनु भनेर” किन कसैले पनि परमेश्वरको मानिसहरूलाई काम गर्नबाट रोक्नु?
थाइल्याण्डको 2004 लसाने कमिटि फर वर्ल्ड इभ्यान्जलिज्म फोरममा, कसरी
“सम्पूर्ण सु-समाचारलाई सम्पूर्ण संसारमा पुर्र्याउन सम्पूर्ण गिर्जाघरहरूलाई” स्फूर्त
बनाउनु भन्ने विषयमा चर्चा गर्ने उद्देश्यले 130 राष्ट्रबाट 1530 जना सहभागीहरू आएका थिए। एउटा वक्तव्यमा यस्तो लेखिएको छ “हामी सम्पूर्ण विश्वासकर्ताहरूको
पादरीको कामलाई समर्थन गर्दै संसार-भरि धर्म प्रचारको काममा गवाही तथा सह-
कर्मीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सबै स्त्री, पुरुष तथा युवाहरूलाई सिपालु बनाउन, प्रोत्साहन गर्न तथा सशक्त बनाउन गिर्जाघरलाई आह्वान गर्दछौँ” (8)।
गिल्बर्ट बिलिजेकियानले यो बुद ँ ालाई वास्तवमै घरमा पुर्र्याउनुभएको छ: “हाम्रो प्रभुले
सेवकहरूको दर्भा ु ग्यको वर्णन गर्नु भएको छ जो आफ्नो ज्ञान र सीपलाई राज्यको
मण्डलीको अधिकतम भलोको लागि उपयोग गर्नुको साटो यसलाई दबाउन पुग्छन ् (मत्ती 25:30)। अझ खराब हुन सक्ने दण्डमा आङ जुरुङ्ङ गर्न मात्र सकिन्छ: गिर्जाघर
18
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
नेताहरूको भविष्य जो आफ्नो मुनिका विश्वासकर्ताहरूलाई राज्यको उद्देश्यको लागि
उपावलब्ध हरे क स्रोतको उपयोग गर्न बिन्ती गर्नुको साटो जबरजस्ती परमेश्वरले
उनीहरूलाई दिएको सीपलाई दबाउन लगाउँ छन ्” (9)।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
19
बाइबलमा स्त्रीहरू के बाइबलमा स्त्रीहरू गिर्जाघरमा बोल्नु हुँदैन भनेर भनेको छै न? कोरिन्थीको श्लोक जसमा स्त्रीहरू मौन हुनपर्छ ु भनिएको छ त्यसले त्यसबेलाको तवर तरिकालाई सङ्के त गर्छ। आजको स्त्रीहरूको क्षमता वा योग्यतासँग यसको केही सरोकार छै न।
धर्मशास्त्रमा धेरैजना स्त्रीहरूलाई नेततृ ्वको तहमा वर्णन गरिएको छ। त्यसबेलाको
चलनले गर्दा यिनीहरूको उल्लेख पुरुषहरू भन्दा कम भएको दे खियो। तर, यदि स्त्रीहरूले नेततृ ्व वा उपदे श दिनु गलत हुने भएमा, उनीहरूलाई धर्मशास्त्रमा कहिल्यै
पनि नियुक्त वा कामा लगाइने थिएन।
• अन्ना (लूकास 2:36-38), र फिलिपका चारजना छोरीहरू (प्रेरित 21:8-9) भविष्यवक्ता थिए।
• प्रिसिलाले, अक्विला सँगै, अपोलोलाई परमेश्वरको तरिकाबारे सिकाए
(प्रेरित 18:24-26), आफ्नो घरमा गिर्जाघर खडा गरे (1 कोरिन्थी 16:19) र पावलद्वारा सह-कर्मी भनेर बोलाईए (रोमी 16:3)।
• फिबी पावलको पादरी तथा उपकारी थिए (रोमी 16:1-2)।
• लिडियाले विश्वासकर्ताहरूलाई उनीहरूका घरमा भेटेर पावल
• तथा सिलालाई स्वागत जनाए (प्रेरित 16:13-15, 40)।
• जुनिया एकजना प्रारम्भिक समर्थक थिए (रोमी 16:7)।
• युडिया तथा सिन्ताछे पावलका सह-कर्मी थिए (फिलिपी 4:2-3)।
20
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
मौनता के प्रारम्भमा गिर्जाघरका सबै ने त ाहरू पु रु ष थिएनन ्? सामाजिक परिस्थितिलाई विचार गर्दा, नयाँ नियममा आश्चर्यजनक सङ्ख्यामा स्त्री नेताहरू भएको दे खिएको छ।
गिर्जाघर स्थापना गर्नलाई हरेक कुरा गर्नु पर्छ। यदि कोही अर्को भाषामा बोल्छन ् भने, एक एक जना गर्दै, दईु जना—वा बेसीमा तीनजना—कुरा गर्नुपर्छ र कसैले दोभाषेको रूपमा व्याख्या गर्नुपर्छ। यदि कोहीपनि दोभाषे छै नन ् भने, वक्ता गिर्जाघरमा चुपचाप बस्नुपर्छ र आफैँसँग र परमेश्वरसँग बोल्नुपर्छ। दईु वा तीन जना सन्त बोल्नुपर्छ, र अर्कोले बोलेको कुरामाथि ध्यानपूर्वक विचार गर्नुपर्छ। र यदि बसिरहेको कुनै व्यक्तिमा प्रकाश आएमा, पहिलो वक्ता रोकिनु पर्छ…किनकी परमेश्वर कुनै अस्त व्यस्तताको नभएर शान्तिको परमेश्वर हुनहु ुन्छ—प्रभुको मानिसहरूका सबै धार्मिक मण्डलीहरूमा जस्तै। स्त्रीहरू गिर्जाघरमा शान्त बस्नु पर्छ। उनीहरू बोल्न पाउँ दैनन,् तर नियमले भनेको जस्तो अधीनतामा हुनपर्छ ु । यदि केही विषयमा उनीहरूले सोध्न चाहेमा, उनीहरूले घरमा आफ्नै लोग्नेलाई सोध्नुपर्छ; किनकी स्त्रीहरूले गिर्जाघरमा बोल्नु अनादर हुनछ े (1 कोरिन्थी 14:26b-30, 33-35)। 21 सौँ शताब्दीमा स्त्रीहरू गिर्जाघरमा बोल्दा हाल अनादर हुँदैन। वास्तवमा, धेरै
मानिसहरूको विश्वासमा बाधा उत्पन्न भएको छ किनकी उनीहरू क्रिस्तान धर्मलाई पुरुष-प्रधान धर्मका रूपमा हेर्छन ्।
यस कोरिन्थी अनुच्छेदको सिद्धान्त भनेको पूजाको कार्यमा व्यवस्था कायम रहनु हो। अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
21
याद राख्ह नु ोस ् स्त्रीहरूलाई मात्र चुप लाग्नु भनिएको छै न। अर्कै भाषामा बोल्ने कुनैपनि व्यक्तिलाई यदि दोभाषे नभए चुप लागेर बस्नु भनिएको छ। साथै, यदि एकजना सन्त
बोल्दैछन ् र अन्य कसैमा प्रकाश आएमा, पहिलो सन्तले रोक्नु पर्थ्यो। काम व्यवस्थित ढङ्गमा हुनपर्थ्यो ु किनकी परमेश्वर शान्तिको परमेश्वर हुनह ु ुन्छ।
क्रे इग किनर लेख्छन ्, “प्राचीन भूमध्यसागर शिष्टाचारमा एक अन्य प्रकारले सम्मानित
स्त्रीले असम्बन्धित पुरुषलाई सम्बोधन गर्ने कुरा अस्वीकार गरिन्छ…औसतमा स्त्रीहरू
पुरुष भन्दा कम शिक्षित हुन्थे, एउटा यस्तो विश्वास जसलाई प्राचीन साहित्यसँग
वास्तवमा परिचित हुने कसैले पनि शङ्का गर्न सक्दैन…पावलले कुनै भेलामा स्त्रीहरूलाई
अन्य पुरुषलाई प्रश्न नगर्नु भन्ने सुझाव गर्दै सामाजिक दश्च ु रित्रबाट बच्न चाहन्छन ्, तर
उनी उनीहरूले सिक्ने कुराको विरोध गर्दैनन ्…बढ्ता सुजबुझका साथमा, उनीहरूले प्रार्थना
तथा भविष्यवाणी गर्न सक्ने मण्डलीहरूमा उनीहरू स्वयंलाई बौद्धिक ढङ्गमा स्पष्ट गर्न बढ्ता सक्षम हुन सक्छन ्। यसै दृष्टिकोणबाट हेर्दा, वास्तविक मुद्दा भने लिङ्ग नभएर
योग्यता तथा शिक्षा हो—जस मध्यै कुनैले पनि गिर्जाघरमा आजको दिन स्त्रीहरूको बोलीमा बन्देज लगाएको छै न” (10)।
साथै, यदि पावलको भनाइमा स्त्रीहरू सदा मौन हुनपर्थ्यो ु भने, उनले तीनवटा खण्ड पूर्व
उनीहरूलाई गिर्जाघरमा प्रार्थना तथा भविष्यवाणी गर्दा आफ्नो टाउको ढाक्ने निर्देशन दिने
थिएनन ् होला (1 कोरिन्थी 11:5)।
22
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
अधिकार तथा उपदे श के प्रारम्भमा गिर्जाघरका सबै ने त ाहरू पु रु ष थिएनन ्? सामाजिक परिस्थितिलाई विचार गर्दा, नयाँ नियममा आश्चर्यजनक सङ्ख्यामा स्त्री नेताहरू भएको दे खिएको छ।
स्त्रीले मौनता तथा पूर्ण अधीनतामा बस्न सिक्नु पर्छ। म कुनै स्त्रीले उपदे श दिने र पुरुषमाथि अधिकार जमाउने अनुमति दिन्न; उ चुपचाप नै बस्नु पर्छ। किनकी आदमको पहिला उत्पत्ति भएको थियो, र त्यसपछि हवा। र आदम छलिएको होइन; स्त्री नै छलिएर पापी बनेको थिइ। तर स्त्रीहरूलाई प्रसवको अवधिमा रक्षा गरिने छ—यदि उनीहरूले योग्यताप्रति आस्था, माया तथा पवीत्रता दे खाउन जारी राखेमा (1 तिमोथी 2:11-15, जोड दिइएको)। यो सिद्धान्त गलत उपदे शको विरोध गर्ने विषयमा हो। यो विषयलाई 1 तिमोथी 1:3 मा व्यक्त गरिएको छ।
म म्यासिडोनिया जाँदा तिमीलाई बिन्ती गरे झ,ैँ तिमी एफेससमा बस ता कि तिमीले केही मानिसहरूलाई अब उप्रान्त गलत नीति नपढाउनु भनेर आदे श दिन सक्छौ (1 तिमोथी 1:3)। अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
23
पावल यसमा जोड्नुहुन्छ स्त्रीहरू गलत शिक्षकको शिकार थिए: यिनीहरू यस्तो व्यक्तिहरू हुन ् जो घर घरमा आफ्नो बाटो खुलाएर सोझो स्त्रीहरू माथि नियन्त्रण पाउने गर्छन ्… (2 तिमोथी 3:6a)। “स्त्रीले सिक्नुपर्छ”
यो श्लोकको प्रथम चारवटा शब्दहरू अत्यन्त आश्चर्यपूर्ण तथा मौलिक छन ्, तर
यिनीहरूलाई प्राय यादै गरिँ दैन। पावलले भनेका छन ् स्त्रीहरूले पढ्नुपर्छ। उनको विचारमा गलत उपदे श विरुद्ध लड्ने सर्वोत्तम उपाय भनेको सही उपदे श हो। र
स्त्रीहरूले सबै असल यहूदी विद्यार्थी जस्तो भएर सिक्नु पर्छ: शान्त बनेर आफ्ना शिक्षकको आदर गर्दै।
“म कुनै स्त्रीले शिक्षा प्रदान गर्ने अनुमति दिन्न”
पावल प्रस्ट रूपमा यो भन्न चाहन्छन ् कि स्त्रीहरूलाई पर्याप्त तालीम प्राप्त नभएसम्म शिक्षा प्रदान गर्ने अनुमति दिनु हुँदैन, किनकी उनी प्रिसिलाको पढाउने
क्षमताको प्रशंसा गर्छन ् (प्रेरित 18:24-26 तथा रोमी 16:3-5)। र यो पनि याद
राख्नुहोस ् कि उनले, यस्तो गिर्जाघर जहाँ यो अनुच्छे द भएको पत्र प्राप्त भएको थियो, एफेससमा आफ्ना लोग्ने, अक्विलासँग पढाएकी थिइन। “अथवा पुरुषमाथि अधिकार राख्न”
रे बेका मेरिल ग्रुथियस उल्लेख गर्छन ्, “श्लोक 12 मा भएको शब्द जसलाई ‘अधिकार’
(अथेन्टियन) का रूपमा अनुवाद गरिएको छ त्यो अधिकार (एक्सोसिया) को
सकारात्मक वा मान्य प्रयोगलाई जनाउन नयाँ नियममा अन्यत्र प्रयोग भएको
शब्द होइन; वास्तवमा, यो शब्द नयाँ नियममा अन्यत्र कतै पनि छै न। अझ, प्राचीन ग्रीकमा भएको प्रयोग अनुसार यसको विभिन्न अर्थ लाग्छ, जस मध्ये धेरैको अधिकार मात्र भन्दा निकै कडा, हिं सा सम्मको अर्थ लाग्थ्यो” (11)।
पावलले कुनैपनि विश्वासकर्ताका लागि अनुचित लाग्ने विशेष गरि आक्रमक, है कम
24
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
चलाउने भावनामा थिए। “उ मौन रहनु पर्छ”
स्त्रीहरूले मौन रहे र पढ्नु पर्थ्यो र खलबल गर्नु हुँदैन थियो, र यसै गरि सबै यहूदी विद्यार्थीले गर्नु पर्थ्यो।
“आदम पहिला बनिएको थियो”
उत्पत्तिमा, परमेश्वरले “ज्ञानको वृक्ष” को फल नखानु भनेर, हवाको सृष्टि गर्नु भन्दा
पहिला सोझै आदमलाई आदे श दिनु भएको थियो। तसर्थ हवाले परमेश्वरको प्रत्यक्ष
आदे श पाएको होइन। रे बक े ा मेरिल ग्रुथियस यसबारे अझ प्रस्ट यसरी पार्छन ्: “भन्नुको तात्पर्य यो हो, कुनै छल तथा गम्भीर भूलबाट बच्न, ज-जसले परमेश्वरको शब्दमा
आदे श पाउन सकेनन ् (हवा तथा एफेसी स्त्रीहरू जस्तो) उनीहरूले विज्ञहरूद्वारा अझ राम्ररी दिइएको निर्देशनहरू (आदम तथा एफेसी गिर्जाघरका पुरुष नेताहरू जस्तो) को
पछि लाग्नु पर्दछ” (12)। “प्रसवमा रक्षा गरिने”
यो बुझ्न गाह्रो हुने भाग हो, तर यसलाई यसरी स्पष्ट पारिएको छ: एफेससमा
भएको आर्टेमिसको मन्दीर प्राचीन संसारको सात मध्ये एक आश्चर्य हो। यो निकै
विशाल थियो र यसमा 400 सिपाहीहरू सहितको एउटा खजाना कक्ष थियो। स्त्रीहरूलाई, विशेष गरि प्रसवका बेला सहायता गर्ने दे वीका रूपमा आर्टेमिसलाई
वृहत ् रूपमा पूजा गरिन्थ्यो। पावलले स्त्रीहरूलाई बच्चा जन्माउने क्रममा सुरक्षित
रहन आर्टेमिसमाथि भर नपर्ने र यसको साटो उनीहरू येशूमाथि विश्वास राख्न
सक्छन ् भन्ने सुझाव दिएर यो समस्याको समाधान गरे । मिमि हद्दद लेख्छन ्,
“एफेससमा गलत उपदे शको विरोध गर्दा, पावलको सुझाव अनुसार स्त्रीहरूको
प्रसवको बेला रक्षा गरियो। के यसो भए पावलले स्त्रीहरूलाई प्रसवको बेला आर्टेमिसको पूजा गरे र होइन ख्रिस्टप्रति भरोसा राखेर रक्षा भएको भन्न खोजेको हो ?” (13).
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
25
क्रे इग किनर एउटा महत्वपूर्ण तथ्य उजागर गर्छन ्: “बाइबलमा सामान्य परिस्थितिमा
स्त्रीहरूलाई मण्डलीमा अनुमति दिइएको छ तथा केही खास परिस्थितिहरूमा मात्र
यसमा रोक लगाइएको छ...स्त्रीहरूलाई बाइबल पढाउने कार्यबाट पूर्णतया निषेध गरिएको बाइबलको एउटा अनुच्छे द —जो कतिपय स्त्रीहरूले परमेश्वरको सन्देश
प्रसार गर्ने कुराको समर्थन गर्ने अन्य अनुच्छे दहरूको विपरीत छ—यसमा एउटा यस्तो गिर्जाघरबारे सम्बोधन गरिएको छ जसबारे हामीलाई थाहा छ कि गलत शिक्षकहरूले विशेष गरि स्त्रीहरूलाई लक्षित बनाउँ दै आएका थिए” (14)।
सारांशमा, पृथक् परिस्थितिमा बाहे क, धर्मशास्त्रको उपदे शको समग्रमा अर्थ के
हो भने सबै उपहार वा गुणहरू स्त्री तथा पुरुषहरू दव ु ैलाई प्रदान गरिएको छ र उनीहरूलाई मण्डलीको सम्पूर्ण तहमा सहभागी हुन प्रोत्साहन गर्नुपर्छ। हामी
आधा जति आफ्नो हात खुट्टा बन्धनमा राखेर संसारमा परमेश्वरको हात खुट्टा हुन सक्दैनौं!
26
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
सर्वश्रेष्ठता के बाइबलमा प्रस्टसँग लोग्ने नै घरको मुखिया हो भनेर भनिएको छै न र ? बाइबलमा लोग्ने नै घरको मुखिया हो भनेर कहिल्यै पनि भनिएको छै न। यसमा के भनिएको छ भने पुरुष स्त्रीको मुखिया हो, र परमेश्वर ख्रिस्टको मुखिया हो। यस सन्दर्भमा, “मुखिया” भन्नाले मानिसहरू माझको र पिता, पुत्र र आत्मा माझको “जीवनको स्रोत” भन्ने अर्थ लाग्न सक्छ। तर म तिमीलाई के बोध गराउन चाहन्छु भने प्रत्येक पुरुषको मुखिया ख्रिस्ट हो, र स्त्रीको मुखिया पुरुष हो, तथा ख्रिस्टको मुखिया परमेश्वर हो (1 कोरिन्थी 11:3)। “मुखिया” वा “केफाले” भन्नाले प्राय अधिकार भन्ने बुझिन्छ। तर यसलाई नदीको स्रोत
जस्तै “स्रोत” को अर्थमा पनि अनुवाद गर्न सकिन्छ।
“मुखिया” को अर्थ 1 कोरिन्थी 11:3 मा “आधिकारिक नेता” नभएर किन “जीवनको
स्रोत,” हुन सक्छ भन्ने तर्क मा दई ु वटा कारणहरू छन ्। प्रथम, सम्बन्धहरूलाई
उत्पत्तिदे खि मिति क्रमानुसार सूचिकृ त गरिएका छन ्। गिल्बर्ट बिलेजिकियान प्रस्ट
पार्छन ् “तीनवटा नियमहरूलाई जोड्ने क्रम सानो-ठू लोको नभएर मितिक्रम हो। उत्पत्तिमा, ख्रिस्ट आदमको जीवनको स्रोत भए जस्तै पुरुषलाई जीवन दिनेका रूपमा
थिए। बद्लामा, पुरुषले स्त्रीलाई जीवन दिएको हो किनकी उनलाई उसैबाट लिइएको
हो। तव, परमेश्वरले पुत्रलाई उ अवतार भएर संसारमा आउँ दा जीवन दिनुभयो। अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
27
तीनवटा नियमहरूको बाइबल सम्बन्धी क्रम बिग्रेन भने, यसै श्लोकमा “मुखिया” को एकै अर्थ जीवन दाताका रूपमा सेवकको काम भन्ने अर्थ लाग्छ”(15)।
यो विचारको उपयोग अचम्मको छ। मिमि हद्ददले उल्लेख गरे झ,ैँ “उत्पत्तिमा,
परमेश्वरले स्त्रीलाई पुरुषको शरीरबाट बनाउनुभयो। त्यसरी नै, ख्रिस्ट नै गिर्जाघरको
स्रोत अथवा उत्पत्ति हो। ख्रिस्ट अरूलाई जीवन दिन मर्नुभयो। यस्तै प्रकारले,
लोग्नेले आफ्नो स्वास्नीलाई त्यागपूर्वक माया गर्नु पर्छ—आफ्नै अंशका रूपमा। यसले एक भएको, निकटताको धारणालाई जोड दिन्छ” (16)।
दोस्रो, “मुखिया” को अर्थ “आधिकारिक नेता” भन्नाले पिता, पुत्र र आत्मामाझ
अधीनताको बोध गर्नेछ, जसलाई सम्पूर्ण गिर्जाघर इतिहासमै नास्तिक तथा धर्मशास्त्र विरुद्ध भनेर ठहराइन्छ।
यो श्लोकलाई राम्ररी नियालेर हे रौँ त जहाँ “केफाले” लाई “आधिकारिक नेता” का रूपमा परिभाषित गरिएको छ:
• हरे क पुरुषको आधिकारिक नेता ख्रिस्ट हुनुहुन्छ (हो)।
• स्त्रीको आधिकारिक नेता पुरुष हो (हुन सक्छ)।
• ख्रिस्टको आधिकारिक नेता परमेश्वर हो (होइन—येशू अनन्तकालका लागि पिताको अधीनस्थ होइन)।
केभिन गिल्स व्याख्या गर्छन ्, “अवतारमा पुत्रले स्वयं पिताको अधीनस्थ भएको
हो भनेर लगभग सबै क्रिस्तानहरू सहमत छन ्। उहाँले कार्यको हिसाबमा सेवकको भूमिका ग्रहण गर्नुभएको हो। तर अवतारमा पुत्रको अधीनता अनन्त वा अन्तर्भाव
पिता, पुत्र र आत्मामा पिता-पुत्र सम्बन्धको परिभाषा हो भनेर धेरैजसो क्रिस्तानहरू विश्वास गर्दैनन ्। फिलिपी 2:5-11 मा पावल जोड दिन्छन ्, पुत्रले स्वेच्छाले मानिसको
रूपमा जन्म लिएर क्रु समा झुन्डिएर मर्न तयार हुनु भन्दा पूर्व उहाँ पिताको बराबर
28
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
थिए, र त्यसपछि उनलाई प्रभुको रूपमा शासन गर्न तयार गरिएको हो” (17)। श्लोकको अर्थ झन राम्ररी त्यति बेला लाग्छ जब “केफाले” लाई “जीवनको स्रोत” का रूपमा परिभाषित गरिन्छ:
• हरे क पुरुषको स्रोत ख्रिस्ट हुनह ु ु न्छ (हो)।
• स्त्रीको स्रोत पुरुष हो (हो—उत्पत्तिमा, स्त्री पुरुषबाट बनिएको हो)।
• ख्रिस्टको स्रोत परमेश्वर हो (हो—अवतारमा येशूलाई पिता परमेश्वरले पठाएको हो)।
केही श्लोकहरूमा पनि विचार गरौँ जहाँ येशूलाई गिर्जाघरको मुखियाको रूपमा वर्णन
गरिएको छ। याद राख्नुहोस ् उनीहरूले उहाँको भूमिकालाई नेता वा अधिकारका
रूपमा वर्णन गरे का छै नन ्। “मुखिया” भनेर येशूलाई जीवन तथा मुक्तिको प्रथम स्रोत तथा वृद्धि कर्ताका रूपमा वर्णन गरिएको छ।
तथा परमेश्वरले सम्पूर्ण कुराहरू उनको खुट्टामा राखेर उसलाई गिर्जाघरमा प्रत्येक कुरा भन्दा माथिको मुखिया नियुक्त गर्नुभयो, जुन उसको शरीर हो, हरे क प्रकारले हरे क वस्तुमा व्याप्त हुने उसमा भएको पूर्णता (एफेसी 1:22-23, जोड दिइएको)। यसको साटो, मायाबारे साँचो कुरा गर्दा, हामी हुर्के र हरे क प्रकारले उहाँको परिपक्व शरीर बन्नेछौँ जो मुखिया, अर्थात, ख्रिस्ट हो। उहाँबाटै , प्रत्येक अस्थीहरूद्वारा गाँसिएको र टे वा दिइएको, सम्पूर्ण शरीर बनिन्छ र, हरे क अङ्गले आफ्नो काम गर्दै गएपछि आफैँ मायाका साथ बढ्छ। (एफेसी 4:15-16, जोड दिइएको)। मुखियासँग उनीहरूको सम्बन्ध टु टे को छ, जसबाट आफ्नो अस्थी तथा अस्थि बन्धनले गाँसिएको, सम्पूर्ण शरीर बनिएको छ, र परमेश्वरले यसलाई बढ्न लगाएको हुनाले बढ्छ (कलसी 2:19, जोड दिइएको)।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
29
बिल्जेकियान वरन ्ण गर्छन ्, “नयाँ नियममा जीवनका हरे क क्षेत्रबाट कैयौँ नेताहरूबारे
उल्लेख भेटिन्छ: धार्मिक नेता, सामुदायिक नेता, सैनिक नेता, सरकारी नेता, पितृसत्ता नेता, तथा गिर्जाघरको नेता। यिनीहरू मध्ये कसैलाई पनि कहिल्यै पनि ‘मुखिया’ वा ‘सर्वश्ष्ठ रे ’ का रूपमा उल्लेख गरिएको छै न। यस असंगतीको
स्पष्ट कारण भने नयाँ नियमको भाषामा ‘मुखिया’ ले ‘नेता’ भन्ने अर्थ लाग्दैन। सन्दर्भ अनुसार I कोरिन्थी, एफेसी, तथा कलसीमा भएको ‘मुखिया’ को प्रयोगले
हामीलाई यो निष्कर्ष तर्फ डोर्र्याउँ छ कि नयाँ नियममा नेततृ ्वको अवधारणाले
जीवन तथा वृद्धिको स्रोत र दाता तथा पालनकर्ताका रूपमा सेवकको भूमिकाका रूपमा ख्रिस्टको कामलाई सङ्के त गरे को छ” (18)।
यदि तपाईँ अझैपनि विश्वस्त हुनु भएन भने, म तपाईँलाई बर्के ली तथा अल्वेरा
मिकलसेनको लेख “नयाँ नियममा केफालेको अर्थ के हो?” पढ्ने सुझाव दिन्छु । यहाँ एउटा नमुना दिइएको छ: “वर्तमान अस्तित्वमा सबभन्दा पूर्ण ग्रीक-अङ्ग्रेजी
शब्दकोश (होमरीय, वर्गीकृ त तथा कोयने ग्रीक समेट्ने) भनेको लिडे ल, स्कट,
जोन्स तथा मेकेन्जीद्वारा सङ्कलन गरि प्रथम पटक सन 1843 मा प्रकाशित भएको
2,000 भन्दा बढी पृष्ठहरू भएको दई ु -भागमा तयार गरिएको रचना हो … यस
शब्दकोशमा, उदाहरण सहित, केफालेको सामान्य अर्थहरूको सूची दिइएको छ। उक्त
सूचिमा ‘अधिकार,’ ‘सर्वोच्च दर्जा,’ ‘नेता,’ ‘निर्देशक,’ अथवा उस्तै अर्थ लाग्ने केही पनि समावेश छै न” (19)। मिकलसेन चौध पृष्ठ पूरै ग्रीकबारे कुरा गर्छन ्। फिलिप
बार्टन पायनेले मिकलसेनको लेखमाथि प्रतिक्रिया गरे का छन ्, “मिकलसेनले ग्रीक
प्रयोगबाट उनीहरूको स्थिति वास्तवमा पूरा दे खाएका छै नन ्। यसको 1968 थप भाग लगायत, लिडे ल तथा स्कट शब्दकोशमा केफालेको लाक्षणिक अर्थका लागि
अठचालीस अलग अलग अङ्ग्रेजी सम शब्दरुको सूची दिइएको छ। यी मध्ये कुनैले पनि नेता, अधिकार, प्रथम वा सर्वोच्चको अर्थ लाग्दैन” (20)।
सारांशमा, पुरुषहरूले, आफ्ना स्वास्नीमाथि शासन गर्ने लगायतका, पतनको दःु खद
परिणामहरू भोग्ने चाहना राख्नु भन्दा, परमेश्वरले लोग्नेहरूलाई आफ्ना स्वास्नीहरूका लागि
30
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
जीवनको स्रोत तथा प्रोत्साहन बन्ने चाहना राख्ह नु ुन्छ! जसरी येशू हाम्रो लागि हुनह ु ुन्छ! मेरिल-ग्रुथियस विस्तारमा बताउँ छन ्, “व्यङ्गात्मक तवरमा, स्वास्नीको मुखियालाई स्वास्नीको नेताका रूपमा मान्दा स्वास्नीको जीवन, स्वास्थ्य तथा वृद्धिको पालकका रूपमा मुखिया बन्ने बाइबलको प्रयोजनको विपरीत हुन्छ। यदि उनलाई आफ्नै
जीवनको दायित्व वहन गर्ने अवसर प्रदान नगरे मा, यदि उनको लागि अन्य कसैले
निर्णय लिनु पर्ने गरि उनलाई बच्चाका रूपमा व्यवहार गरिएमा उनी पूर्णतया आध्यात्मिक, भावनात्मक तथा बौद्धिक परिपक्वतामा पुग्न असमर्थ हुन्छिन ्…
लोग्ने-स्वास्नी सानो वा ठू लो भन्ने दृष्टिकोण राखिएको विवाहले चरित्र र पवित्रता,
ख्रिस्टको राज्यको सेवामा दई ु समान साथीहरूको शिक्षा र माया [नभएको] को सन्दर्भमा लोग्नेको वृद्धिमा पनि रोक लगाउँ छ ” (21)।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
31
अधीनता बाइबलमा स्वास्नीहरू आफ्ना लोग्नेको अधीन हुनुपर्छ भनिएको छ। यो बुद्धिमानी, स्वेच्छाले गर्ने सहयोग भए के यो उचित लाग्दैन? स्वास्नीको अधीनता र दाशहरूको आज्ञा पालन प्रथम शताब्दीमा अपेक्षित नै थियो। तर पावल क्रिस्तान घरलाई एउटा नयाँ तरिकामा चल्ने सल्लाह दिन्छन ्: एक-अर्काको अधीन हुन!ु
“एक-अर्काको अधीन हुनु ख्रिस्टको आदर गर्दै, प्रभुको अधीन भए जस्तै स्वास्नीहरू आफ्नो लोग्नेको अधीन हुनु …ख्रिस्टले गिर्जालाई माया गरि यसैको लागि आफ्नो जीवन दिए जस्तै लोग्नेले, आफ्ना स्वास्नीलाई माया गर्नु, … दाश, तिमीले ख्रिस्टको आज्ञा पालन गरे जस्तै, आदर र डर राखि हृदयबाटै इमानदार बनी आफ्नो सांसारिक मालिकको आज्ञा पालन गर...र मालिकहरू, आफ्नो दाशहरूलाई यस्तै व्यवहार गर। उनीहरूलाई डर न दे खाउ, किनकी तिमीलाई थाहा छ तिम्रो र उनीहरूको दव ै ो मालिक स्वर्गमा बस्नुहुन्छ, जहाँ ु क कुनै भेदभाव हुँदैन” (एफेसी 5:21-22, 25; 6:5, 9a, जोड दिइएको)। यहाँको मुख्य श्लोकमा एक-अर्काको अधीन हुने कुरा छ, जसले हाम्रो घरमा हामीले
कसरी आत्माको पूर्णतालाई दे खाउन सक्छौँ (एफेसी 5:18) भन्ने दर्शाउँ छ। पावलले
उक्त संस्कृ तमा स्वास्नी लोग्नेको अधीन भएको कुरालाई, हामीले एक-अर्काको कसरी अधीन हुनुपर्छ भन्ने उदाहरण स्वरूप प्रयोग गरे का थिए। स्वास्नी तथा दाशद्वारा आज्ञापालन यहुदी तथा रोमी कानून अनुसार अनिवार्य थियो र एउटा मान्य
चलन थियो। तर प्रारम्भिक गिर्जाघरका लागि, सु-समाचारको प्रचार गर्नु प्राथमिक काम थियो, कानूनको उल्लङ्घन गर्नु होइन। तसर्थ, पावलले एउटा पितृसत्तात्मक
32
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
समाजको बन्धन भित्र कसरी काम गर्नु भनेर बुझाउँ दै छन ्, असल क्रिस्तान मूल्य— अधीनता (आज्ञापालन होइन) र माया (शासन होइन) का साथमा।
जे लि ग्रेडि सारांशमा बताउँ छन ्, “अधीनता, एक-अर्का प्रतिको प्राधान्य वा शासनको
भावनाले होइन, तर एक-अर्कामा साथ दिने र व्यक्तिगत अधिकारको माग नगर्ने भावनाका साथमा, संसारलाई ख्रिस्टको माया दर्साउने उद्देश्यले ख्रिस्टको समग्र शरीरमा कार्यरत हुनपर्छ ु ” (22)।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
33
निष्कर्ष धर्मशास्त्रका केही श्लोकहरूलाई बुझ्ने एक पक्षीय तरिकाले गर्दा स्त्री तथा पुरुषहरूलाई
पटक पटक एउटा स्वस्थ सम्बन्ध तथा प्रभावकारी मण्डलीबाट अलग गरिएको
छ। यस्तो भएको यो पहिलो पटक होइन। सन ् 1800 को अवधिमा, संयक्त ु राज्य अमेरिकामा दाशत्वको पक्षधरहरू अत्याधिक रूपमा उनीहरूको बाइबलको बुझाइमा
भर परे का थिए। अर्तीहरूमा येशूले दाशको उल्लेख गरे को, गलाती 4 मा दाशत्वका व्याख्याहरू प्रयोग गरिएको, र एफेसी 6 मा दाशहरूलाई आफ्ना मालिकहरूको
आदे श पालन गर्ने निर्देश दिइएको कुराहरूबारे उनीहरूले याद राखे। स्ट्यान गुन्द्री
भन्छन ्, “कुनै दिन क्रिस्तानहरू पितृसत्तात्मक उचनीचबारे गिर्जाघरको बाइबलले
गरे को समर्थनलाई लिएर सरम मान्नेछन ् जसरी दाशत्वबारे उनाइसौँ शताब्दीमा बाइबलले गरे को समर्थनलाई लिएर हाल सरम मान्नु परे को छ” (23)।
धर्मशास्त्रलाई सन्दर्भ, समय अवधि, तथा समग्र पृष्ठभूमिका आधारमा बुझ्नु पर्छ। निम्न मध्ये कुनैपनि परिस्थितिले बाइबलको समग्र सन्देशलाई पुष्टि गर्छ वा गर्दैन विचार गर्नुहोस ्:
• एउटा स्थानीय गोष्ठीमा भाग लिँदै गरे को एकजना प्रेरित स्त्रीलाई भनिन्छ
कि उ धर्म मण्डलीमा एउटा संक्षिप्त वयान दिन सक्छे , तर गिर्जाको कुनै
खास स्थानमा मात्र, र उपदे श दिएको जस्तो लाग्ने कुनैपनि कुरा नबोली यसो गर्नुपर्छ।
• आमाले पत्ता लगाएको र परामर्श लिएको उपचारबाट एउटा बच्चालाई वञ्चित गरिन्छ, किनकी लोग्ने यसमा सहमत नभएर यसो नगर्नु भन्छन ्।
34
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
• बढ्दो मण्डलीमा निकै उपावलब्धि हासिल गर्ने एकजना स्त्रीलाई, स्त्रीहरू
नेततृ ्व पदमा बस्नु हुँदैन भन्ने धारणा राख्ने नयाँ पुरुषहरू समितिमा सामेल हुँदा पदबाट हटाइन्छ।
• एक स्वास्नीलाई उनको लोग्ने, जो गिर्जाघरको पादरी पनि हुन, द्वारा मौखिक तथा शारीरिक दर्व्य ु वहार गरिन्छ। उनको पास्टरले उसलाई रिस
नउठाउनु, तर अधीनमा बस्नु र बिन्ती गर्नु भन्ने सल्लाह दिन्छन ्।
• कलेजमा एकजना स्त्रीलाई एउटा राम्रो पेसामा अगाडि बढ्न निरुत्साह
गरिन्छ र यसको साटो भनिन्छ कि परमेश्वरले उनको लागि बनाएको असल योजना अनुसार एक दिन गएर उनको विवाह हुनेछ। उनलाई
भनिन्छ कि घर बाहिर काम गर्न थालेपछि उ आफ्नो लोग्नेलाई पर्याप्त
सेवा पुर्र्याउन असमर्थ हुन्छिन ्।
सर्वसम्मतमा, यस विषयमा विभिन्न धारणाहरू दे खिएको छ। तर, यदि हामीले
गल्ती नै गर्नु छ भने, परमेश्वरको काममा बाधा उत्पन्न गर्ने गल्ती नगरौँ।
समग्र ख्रिस्टलाई समग्र संसारका लागि सम्पूर्ण उपहार वा गुणहरूको उपयोग गर्न प्रोत्साहन गरौँ। खाँचो अत्याधिक छ, र परमेश्वरलाई थाहा छ…सबैको खाँचो छ!
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
35
CBE को आस्थाबारे भनाइहरू हामी, बाइबल परमेश्वरको प्रेरित शब्द हो, भरपर्दो छ, र आस्था तथा अभ्यासको अन्तिम अधिकार हो भन्ने कुरामा विश्वास गर्छौँ।
हामी, तीन समान व्यक्तिका रूपमा अनन्तसम्म अस्तित्वमा रहि रहने परमेश्वरको
एकता तथा पिता, पुत्र र आत्मामा विश्वास राख्छौँ।
हामी, येशू ख्रिस्टको पूर्ण स्वभाव तथा पूर्ण मानवतामा विश्वास गर्छौँ। हामी, सम्पूर्ण मानिसहरू पापप्रति उत्साहित हुन्छन ् भन्ने कुरामा विश्वास गर्छौँ। पापको
एक परिणाम भने परमेश्वर, अन्य, तथा स्वयंसग ँ को टु क्रिएको सम्बन्ध हो।
हाम्रो लागि मर्नु हुन,े मृत्युबाट बौरिनु हुन,े र पुनः आउनु हुने येशू ख्रिस्टमा हामीले
भरोसा गर्नाले अनन्त मुक्ति तथा प्रगाढ सम्बन्धको सम्भव हुनछ े भनेर हामी विश्वास
गर्छौँ। यो मुक्ति सम्पूर्ण मानिसहरूलाई प्रदान गरिन्छ।
हामी, मुक्तिका लागि पवीत्र आत्माको काममा, र विश्वासकर्ताहरूको जीवनमा पवीत्र
आत्माको शक्ति तथा उपस्थितिमा विश्वास गर्छौँ।
हामी, समानतामा र सबै जातीयता, उमेर, तथा वर्गका पुरुष तथा स्त्रीहरूको समानता
तथा आवश्यक सम्मानमा विश्वास राख्छौँ। सम्पूर्ण मानिसहरू परमेश्वरको आकृ तिमा
बनिएका छन ् र त्यही आकृ तिलाई विश्वासकर्ताहरूको समूह, घर, र समाजमा प्रतिबिम्बित गर्नुपर्छ भन्ने कुरालाई हामी मान्यता दिन्छौँ।
36
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
पुरुष तथा स्त्रीहरूले आफ्नो परमेश्वरले दिएको उपहार वा गुणलाई घर, गिर्जाघर, तथा
समाजको भलाईका लागि श्रद्धा पूर्वक विकास तथा प्रयोग गर्नुपर्छ भन्ने कुरामा हामी
विश्वास राख्छौँ।
हामी, परमेश्वरको रचनाका रूपमा परिवार, अविवाहित एक्लोपन, तथा साँचो विपरीत लिङ्गी विवाहमा विश्वास राख्छौँ।
बाइबलमा आदे श भएको जस्तै, पुरुष तथा स्त्रीहरूले अन्यायको विरोध गर्नुपर्छ भन्ने कुरामा हामी विश्वास राख्छौँ।
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
37
एन्डनोट (1) लिन्डा बेलिभिले, टू भ्यूज अन विमेन इन मिनिस्ट्री (जोन्डरवान पब्लिशिङ हाउस, 2001; ग्रान्ड र्र्यापिड्स, MI; जेम्स बेक एण्ड क्रे इग ब्लोमवर्ग, एड्स.). 142.
(2) आइबीड., 148. (3) रेबक े ा मेरिल ग्रुथियस, गूड न्ज यू फर विमेन (बेकर बक ू हाउस, 1997; ग्रान्ड र्र्यापिड्स, MI). 43.
(4) गिल्बर्ट बिलेजिकियन, बियन्ड सेक्स रोल्स (बेकर अक्याडमिक, 2006; ग्रान्ड र्र्यापिड्स, MI).99-100.
(5) जन फेलान, अल गड्स पिपावल (कोभनेन्ट पब्लिकेशन्स, 2005; शिकागो, IL). 51. (6) मिमी हद्दद, “वाट ल्याङ्ग्वेज श्याल वी यूज?” (प्रिसिला पेपर्स, भल्म यू 17, इस्यू 1, ख्रिस्चियन्स फर बिब्लिकल इक्वालिटि; मिनियापोलि, MN).
(7) रिचार्ड एण्ड क्याथरिन क्रोगर, “वाइ वेर देयर नो विमेन एपोस्टल?” (इक्विटि, 1982).10-12. (8) डेभिड क्लेडन, “द कन्टेक्स्ट फर द प्रोडक्शन अफ द लसाने अकेजनल पेपर्स,” (एम्पावरिङ विमेन एण्ड मेन टू यूज देयर गिफ्ट्स टूगद े र इन एडभान्सिङ द गोस्पेल,
लसाने अकेजनल पेपर न. 53; ख्रिस्चियन्स फर बिब्लिकल इक्वालिटि, 2005; मिनियापोलि, MN; अल्वेरा मिकेल्शन, एड.). iv.
(9) बिलेजिकियन, बियन्ड सेक्स रोल्स, 140. (10) क्रे इग किनर, टू भ्यूज अन विमेन इन मिनिस्ट्री (जोन्डरवान पब्लिशिङ हाउस, 2001;
38
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
ग्रान्ड र्र्यापिड्स, MI; जेम्स बेक एण्ड क्रे इग ब्लोमवर्ग, एड्स.). 166, 169, 171. (11) ग्रुथियस, गूड न्ज यू फर विमेन, 215. (12) आइबीड., 222. (13) मिमी हद्दद, “पावल एण्ड विमेन,” (एम्पावरिङ विमेन एण्ड मेन टू यूज देयर गिफ्ट्स टू गद े र इन एडभान्सिङ द गोस्ल पे , लसाने अकेजनल पेपर न. 53; ख्रिस्चियन्स फर बिब्लिकल इक्वालिटि, 2005; मिनियापोलि, MN; अल्वेरा मिकेल्शन, एड.). 34.
(14) किनर, टू भ्यूज अन विमेन इन मिनिस्ट्री, 29. (15) गिल्बर्ट बिलेजिकियन, “आइ बिलिव इन मेल हे डशिप” (ख्रिस्चियन्स फर
बिब्लिकल इक्वालिटि, फ्री आर्टिकल्स, cbeinternational.org; मिनियापोलि, MN).
(16) हद्दद, “पावल एण्ड विमेन,”35. (17) केविन गिल्स, “द सबअर्डिनेशन अफ ख्रिस्ट एण्ड द सबअर्डिनेशन अफ विमेन,” (डिस्कभरिङ बिब्लिकल इक्वालिटि; इन्टरभार्सिटि प्रेस, 2004; डाउनर्स ग्रोभ, IL;
रोनाल्ड पियर्स एण्ड रेबक े ा मेरिल ग्रुथियस, एड्स.). 337. (18) बिलेजिकियन, बियन्ड सेक्स रोल्स, 122.
(19) बर्के ली एण्ड अल्वेरा मिकेल्शन, “वाट डज केफाले मिन इन द न्यू टे स्टामेन्ट?”
(विमेन, अथोरिटि एण्ड द बाइबल;इन्टरभार्सिटि प्रेस, 1986; डाउनर्स ग्रोभ, IL;
अल्वेरा मिकेल्शन, एड.).97-98.
(20) फिलिप बार्टन पायने, “रे स्पन्स,” (विमेन, अथोरिटि एण्ड द बाइबल;इन्टरभार्सिटि प्रेस, 1986; डाउनर्स ग्रोभ, IL; अल्वेरा मिकेल्शन, एड.). 118.
(21) ग्रुथियस, गूड न्ज यू फर विमेन, 157-158. (22) जे. लि ग्र्याडी, टे न लाईज द चर्च टे ल्स विमेन (करिस्मा हाउस, 2000; लेक म्यारी, FL). 177.
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य
39
(23) स्टान गुन्ड्री, “फ्रम बब्ड हे यर, बोसी वाइभ्स, एण्ड विमेन प्रिचर्स टू वोमन बी फ्री: माइ स्टोरी” (प्रिसिला पेपर्स, भल्म यू 19, इस्यु 2, ख्रिस्चियन्स फर बिब्लिकल इक्वालिटि; मिनियापोलि, MN).
(24) द होली बाइबल, टूडे ज न्यू इन्टरन्याशनल भर्सन (जोन्डरवान, 2006; ग्रान्ड र्र्यापिड्स, MI). xi.
40
अझै सँ ग सँ गै | अनु व ादक - प्रिय राज आचार्य